६ असोज, गौरीगञ्ज । आफैंले बनाएको नियमले उपभोक्ता समितिलाइ रु ५ लाख भन्दा माथिको योजना दिन छेके पछी गौरीगञ्ज गाउँपालिका ले असोज ९ गते बिशेष गाउँसभा आब्हान गरेको छ । गत असोज २ गते बसेको कार्यपालिका बैठकले रु ५० लाख सम्मको योजना कार्यक्रम उपभोक्ता समिति मार्फत सम्पन्न गराउने गरि निर्णय गराउन बिशेष गाँउसभाको आब्हान गरेको हो ।

चौथो गाउँसभाको निर्णय बाट रु ५ लाख सम्मको योजना मात्र उपभोक्ता समितिलाइ दिने र छैठौ गाउँसभाको निति मै गाउँसभा बाट पारित कुनैपनि निति कार्यक्रम कार्यपालिका बैठकबाट फेर बदल गर्न नपाइने निर्णय गरे पछी पनि गत भदौ २१ गतेको कार्यपालिका बैठकमा वडाध्यक्षहरुले रु १ करोडसम्मको योजना उपभोक्ता समिति मार्फत गराउने निर्णय गर्न दबाब दिएपछी तत्कालिन कार्यकारी प्रमुख प्रबिण दाहाल र वडाध्यक्ष हरु बीच बिबाद भएको थियो ।
आफैंले बनाएको नियमले आफैलाइ छेके पछी नितिगत त्रुटी सच्याउन बिशेष गाउँसभा बोलाइएको कुरा एक कार्यपालिका सदस्यले बताएका छन् ।
गौरीगञ्ज गाउँपालिकामा निर्बाचित जनप्रतिनिधिहरु आएको पहिलो बर्षमै उपभोक्ता समिति मार्फत गराइएको बिकास निर्माणका योजना हरुमा ब्यापक अनियमितता भए पछी दोश्रो गाउँसभा बाट उपभोक्ता समिति लाइ अँकुश लगाउने गरि रु ५ लाख सम्मको योजना मात्र उपभोक्ता समितिले दिने र रु ५ लाख भन्दा माथिका योजनाहरु ठेक्का प्रकृयामा लाने निर्णय गरेको थियो । तर यो निर्णय बाट पार्टी कार्यकर्ताहरु रुष्ट भएपछी नियमलाइ मिचेर भएपनि सोहि साल मँसिरमा कार्यपालिका बैठक को निर्णय बाट उपभोक्ता समितिलाइ १० लाख सम्मको योजना दिने निर्णय गरेको थियो । नेपालको सँबिधान २०७२ले गाउँसभालाइ स्थानिय सरकारको सर्वोच्च निकाय अर्थात व्यवस्थापिकाको रुपमा परिभाषित गरेकाले नियमले गाउँसभाको कुनैपनि निर्णय कार्यपालिका बैठकबाट सच्याउन वा फेर बदल गर्न पाइदैन ।
उपभोक्ता समितिले काम गर्न सँझौता गर्न आउदा अनुमानित रकमको १० प्रतिशत रकम अनिबार्य जम्मा गर्नै पर्ने बाध्यकारी नियमका कारण त्यस यता उपभोक्ता समितिलाइ दिने भनिएका दर्जनौ योजना हरु सँझौता नै हुन सकेन । यहि कारणले चौथो गाउँसभा बाट पुन: उपभोक्ता समिती लाइ १० लाख बाट घटाएर ५ लाख सम्मको योजना मात्र दिने निर्णय गरिएको थियो ।
उपभोक्ता समिति ले गरेको अनियमितता कै कारण दोश्रो र चौथो गाउँसभा बाट उनिहरुलाइ अँकुश लगाउने निर्णय गरेर अहिले फेरि किन ५० लाख सम्मको योजना उपभोक्ता समिति मार्फत गराउने कसरत थालियो ? भन्ने जिज्ञासामा – ठेक्का प्रकृयामा जादा ठेकेदारले पनि समयमै योजना सम्पन्न गर्न नसकेर बजेट फ्रिज हुन थालेकाले उपभोक्ता समिति बाटै धेरै योजनाहरु सम्पन्न गराउने गरि कसरत थालिएको कुरा एक वडाध्यक्ष ले बताएका छन् । तर असोज २ गतेको कार्यपालिका बैठककले अघिल्लो बर्षसम्पन्न हुन नसकेर यो बर्ष दायित्व सारिएका योजना हरुको लिस्ट हेर्दा ठेक्का प्रकृयाको योजना भन्दा उपभोक्ता समितिले सम्पन्न गर्न नसकेका योजनाहरुकै लिस्ट लामो छ ।
गत बर्ष ठेक्का लागेर सम्पन्न हुन नसकेका ३६ वटा योजना मात्र अधुरा छन् भने उपभोक्ता समितिसँग सँझौता भएर सम्पन्न हुन नसकेको योजना १ सय १ वटा छन् । उपभोक्ता समिति बनेर पनि सम्पन्न हुन नसकेका योजना वडा नँ १ मा २९ वटा, वडा नँ २ मा १२ वटा, वडा नँ ३ मा २० वटा, वडा नँ ४ मा १० वटा वडा नँ ५ मा १६ वटा र वडा नँ ६ मा १४ वटा योजना अधुरा छन् । यि योजनाहरु यो चालु वर्षमा सम्पन्न गराउने गरि दायित्व सारिएको छ ।
अघिल्ला बर्षहरुमा आफै उपभोक्ता समिति माथि अँकुश लगाउने निर्णय गरेका गौरीगञ्जका जनप्रतिनिधी हरु यो बर्ष ५० लाख सम्मका योजना हरु बिशेष गाउँसभा बोलाएर भएपनि उपभोक्ता समिति लाइ दिन कम्मर कस्नुलाइ कतिपयले चुनाब आउन आटेकाले कार्यकर्ता खुशी पार्ने नितिका रुपमा ब्याख्या गरेकाछन् ।
गत बर्ष सम्पन्न हुन नसकेर दायित्व सारिएका योजना हरुको लिस्ट हेर्नुहोस –








