मँसिर ११ गौरीगञ्ज । झापा उद्योग वाणिज्य सँघ गौरीगञ्ज शाखाको नव निर्मित भवनको उद्घाटनको अबसर पारेर रक्तदान र बिभिन्न ब्यक्तित्वहरुलाइ सम्मान गरिएको छ । नव निर्मित भवनको सभाहलमा आयोजित रक्तदान कार्यक्रममा १९ प्रिन्ट रगत सँकलन गरिएको कुरा सँघका कार्यालय सचिब रोशन यादवले जनाएका छन् ।
सँघले भवन उद्घाटन कार्यक्रमको अबसर पारेर बिभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका ५ जना ब्यक्तित्वहरुलाइ सम्मान समेत गरेको छ । सँघको नब निर्मित भवनका लागि निशुल्क जग्गा दान दिने जग्गादाता केशब अग्रवाललाइ सम्मान गरेको छ भने । सँघलाइ अघि बढाउन भवन निर्माणका लागि पहल गर्ने गौरीगञ्ज गाउँपालिकाका पुर्व अध्यक्ष बाबुराजा श्रेष्ठलाइ समेत सम्मान गरेको छ । त्यसैगरि वडा नँ ३ को वडाध्यक्षका रुपमा निर्वाचित भएकोमा सँघका सचिब श्रवण गिरीलाइ सम्मा गरेको छ भने बजारको शान्ति सुरक्षा कायम राख्न सफल इलाका प्रहरी गौरीगञ्जका प्रहरी निरीक्षक अरबिन्द साह र बजारको ट्राफिक ब्यवस्थापन चुस्त र दुरुस्त राख्न सफल गौरीगञ्ज ट्राफिक एन्चार्ज शाकर यादवलाइ समेत सम्मान गरिएको छ ।
सम्मानित हुने सबैलाइ प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष फुलबती राजवँशीले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रमका बक्ताहरुले गौरीगञ्जको बजार र ब्यापार ब्यावशाय चलायमान बनाइ राख्न गौरीगञ्ज छोटी भन्सारको पुनरस्थापना र स्तरोन्नती अपरिहार्य रहेको बताएका थिए । २०३४ सालमा स्थापना भएको झापा उद्योग बाणिज्य सँघ गौरीगञ्जले स्थापनाको ४६ बर्ष पछी बल्ल आफ्नो भवन बनाउन सफल भएको र सो नब निर्मित भवन बनाउन ४० लाख ४४ हजारको लागत रहेको कुरा सँघका अध्यक्ष मखना महतोले बताएका छन् । २०७५ साल चैत १० गते देखि बनाउन शुरु गरेको सो भवन २०७९ फागुनमा सम्पन्न भएको थियो । सो नब निर्मित भवनको आज गाउँपालिका अध्यक्ष फुलबती राजवँशीले रिवन काटेर उद्घाटन गरेका छन् ।