ईलाका प्रहरी गौरीगञ्जमा भट्टराइको बिदाइ र रेग्मीको स्वागत

पढ्न समय: 2 मिनेट

ईलाका प्रहरी गौरीगञ्जमा भट्टराइको बिदाइ र रेग्मीको स्वागत
असोज १६ गौरीगञ्ज । ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा नेतृत्व फेरिएको छ । कार्यालयमा आज बिहान एक औपचारीक कार्यक्रम गरी पुराना प्रहरी निरीक्षक गणेश भट्टराइको बिदाइ तथा नयाँ प्रहरी निरीक्षक राकेश रेग्मीको स्वागत गरिएको छ ।‌ गौरीगञ्जबाट प्रहरी निरिक्षक गणेश भट्टराइको सरुवा सँघिय प्रहरी इकाइ कार्यालय धरान मा भएको छ भने उनको स्थानमा प्रहरी निरिक्षक राकेश रेग्मी आएका छन् ।‌ सुनसरीको ईटहरी घर भएका प्रहरी निरीक्षक रेग्मी यस अघि केन्द्रीय प्रहरी कार्यदल नक्सामा कार्यरत थिए । असोज ६ गतेको पत्र अनुसार उनि सरुवा भइ झापाको गौरीगञ्ज आएका हुन ।
गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ को प्रमुख आतिथ्यतामा भएको बिदाइ तथा स्वागत कार्यक्रम मा बिदाइ मन्तब्य राख्दै प्रहरी निरीक्षक भट्टराइले आफु करीब १४ महिनासम्म गौरीगञ्जमा रहँदा यहाँ भोगेका तिता मिठा अनुभवहरु सुनाएका थिए । बिदा भएर जानु पर्दा नमिठो लागेको बताए । त्यसै गरी नयाँ प्रहरी निरीक्षक रेग्मीले आफ्नो कार्यकालमा गौरीगञ्ज तथा गौरीगञ्जबासीहरु को शान्तिसुरक्षा का लागि आफु आफ्नो क्षमताले भ्याएसम्म उत्कृष्ट सेवा दिन चाहेको कुरा बताए ।
कार्यक्रममा वक्ताहरुले प्रहरी निरीक्षक भट्टराइको कार्यकालको मुल्याङ्कन गर्दै कोरोना नियन्त्रणका लागि उनले र उनको टिमले गौरीगञ्ज गाउँपालिका क्षेत्रमा निर्वाह गरेको उत्कृष्ट भुमिकाको खुलेरै प्रसँसा गरेका थिए । प्रसनी सुवास मिश्रले कार्यक्रमको सहजिकरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्