ईलाका प्रसाशन गौरीगञ्जले तोक्यो ई- पासपोर्ट फारम बुकिङको निश्चित दिन र समय

पढ्न समय: 1 मिनेट

असार १३, गौरीगञ्ज । बिद्युतिय राहदानी को अनलाइन फारम बुकिङ को निश्चित दिन र समय नतोकेकाले सेवाग्राही लाई घरबाटै अनलाइन फारम भर्न नसकेको बारे गौरीगञ्ज दर्पण डटकम मा सोमबार समाचार छापिएपछि ईलाका प्रसाशन कार्यालय गौरीगञ्जले सोमबार नै दिउसो अनलाइन फारम बुकिङ खुल्ला हुने निश्चित दिन र समय तोकेर सुचना जारी गरेको छ ।

- Advertisement -
Ad image

कार्यालले जारि गरेको सुचना अनुसार यहि असार १७ गते बाट लागु हुने गरी हप्ताको दुई दिन हरेक मँगलबार र बिहिबार बिहान ११ बजेदेखि फारम बुकिङ खुल्ला गरिने छ ।

ईप्रका गौरीगञ्जले सोमवार दिउँसो जारी गरेकाो सुचना

बिद्युतिय राहदानी को अनलाइन फारम भर्न राहदानी विभागले राहदानी बनाउने प्रयोजनका लागि गरिने Pre-enrollment मा आउने समस्या समाधानका लागि सँबन्धित जिल्ला वा ईलाका प्रशासन कार्यालय ले फारम बुकिङ खुल्ला गर्ने निश्चित दिन र समय तोकेर फारम भर्ने व्यवस्था गर्ने परिपत्र गरिएपनि ईलाका प्रशासन कार्यालय गौरीगञ्जले निश्चित दिन र समय तोकेर सुचना जारी नगर्दा कतिपय आईटी सँबन्धि जानकार हरुले पनि घरबाट अनलाइन फारम भर्ने नसकेको गुनासो आईरहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्