असार १३ गौरीगञ्ज । अहिले राहदानी विभागले ई पासपोर्ट का लागि घर बाटै अनलाइन फारम भर्ने पाईने सुविधा दिएको छ तर झापाको गौरीगञ्ज स्थित ईलाका प्रसाशन कार्यालय ले फारको बुकिङ खुल्ला गर्ने दिन र समय तोकेर सुचना जारी नगर्दा कतिपय आईटी सँबन्धि जानकार हरुले पनि अनलाइन फारम भर्ने नसकेको पाईएको छ ।
स्थानिय प्रेम राई भन्छन् – कति बेला बुकिङ खुल्छ र बन्द हुन्छ हामी लाई थाहै हुन्न । फारम भर्न ल्यापटप खोल्यो, अघि नै बुकिङ बन्द भइसकेको हुन्छ । हामीले अनलाइन फारम भर्ने जानेर पनि ईलाका प्रसाशन मुनि फारम भर्ने बसेका साईबर बाला हरुलाई चर्को शुल्क तिरेर उनिहरुकै भर पर्नु परेको छ ।
मेसिन रिडेवन पासपोर्ट (एमआरपी) बिस्थापित गरि बिद्युतिय राहदानी ( ई- पासपोर्ट) दिन थाले पछि त्यसका लागि राहदानी विभागले अनलाइन बाटै फारम भर्ने पाईने सुविधा दिएको छ । यसका लागि सँबन्धित जिल्ला वा ईलाका कार्यालयबाट निश्चित दिन र समय तोकि स्लट अर्थात् टोकन बितरण गर्दछ । सोहि स्लट अर्थात् टोकन बितरण गर्ने निश्चित दिन र समय तोकेर ईलाका प्रसाशन कार्यालय गौरीगञ्जले सुचना जारी नगर्दा सेवाग्राही हरु महँगो शुल्क तिरेर बिचौलिया को भर पर्नुपर्ने अवस्था देखिएको छ ।
“कार्यालय र बिचौलिया बिचको साँठगाँठ का कारण सार्वजनिक सुचना न निकालिएको हो ।” एक सेवाग्राही भन्छन् – कतिवेला बुकिङ खुल्ला हुन्छ भन्ने कुरा बिचौलिया लाई थाहा हुन्छ अनि उनिहरुले ड्राफ्ट मा राखेका फारम हरु भरेर एकै छिनमा कोटा रिजर्व गरिहाल्छन् अनि कसरी घरबाट अनलाइन फारम भर्ने?
जिल्ला प्रशासन कार्यालय झापा र मोरङले फारम बुकिङ का लागि निश्चित दिन र समय तोकेर आफ्नो वेभसाइटमा सुचना जारी गर्दै राहदानी बनाउने प्रयोजनका लागि गरिने Pre-enrollment मा आउने समस्या समाधानका लागि हप्तामा २ दिन ( सोमबार र विहिवार) १० बजे अनलाईन निवेदनका लागि बुकिङ खुला गरिने व्यवस्था गरिएको र सोही अनुरुप प्रतिदिन १०० जनाको कोटा राखी बुकिङ खुला गरिने व्यहोरा सुचित गरेको छ । तर ईलाका प्रसाशन कार्यालय गौरीगञ्जको वेभसाइट लामो समयदेखि अपडेट नै गरिएको छैन। यस कार्यालयको अफिसियल फेसबुक पेज पनि मार्च १३ अर्थात् फागुन २९ देखि अपडेट गरिएको छैन । कार्यालय कै सुचना पाटीमा समेत यस सँबन्धि सुचना टाँस गरिएको छैन ।
यस बारे ईलाका प्रसाशन कार्यालय गौरीगञ्जका प्रमुख चुडामणि आपागाईले बिचौलिया हरु सँग कार्यालय को साँठगाँठ न रहेको बताएका छन् । यस हप्ताको लागि स्लट खुलिसकेको ले अब अर्को हप्ता शुक्रबार स्लट खुल्ने कुरा उनि बताउछन । तर शुक्रबार कति बजे स्लट खुल्छ भन्ने कुरा उनले खुलाउन चाहेनन् । कार्यालय ले किन सुचना जारी नगरेको भन्ने प्रश्न मा आलटालौ जवाफ दिन्छन् । उनि भन्छन् – हामीले यस बारे निर्णय गरेका छैनौ । निर्णय गर्ने बितिकै निश्चित दिन र समय तोकेर सुचना जारी गर्छौं ।