असार २२ गौरीगञ्ज । नेपाल आयल निगमले ईन्धनको मूल्य फेरि बढाइएको छ । निगमले आज मध्यरातदेखि लागु हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य मूल्य बढाएको छ। यसअघि समायोजन भएको १३ दिनमै पेट्रोलियम पदार्थको मूल्य बढेको हो।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएको छ। डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले मूल्य बढाइएको निगमले जनाएको छ। यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ। त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको छ। अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको छ।