मँसिर ९ गौरीगञ्ज । इलाका प्रसाशन कार्यालय गौरीगञ्जका तत्कालिन प्रमुख चुँडामणी आपागाइ सहित १० जना बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनिहरु बिरूध मुद्दा दर्ता गरेको जनाएको छ । राहदानी बाहकको नागरिकताको प्रमाणपत्रमा भएको जन्म मिती भन्दा राहदानीमा उमेर घटाइ वा बढाइ बदनियत पुर्वक सरकारी कागजातमा अनाधिकार बिबरण हेरफेर थपघट गरि सच्याइ राहदानी जारी गरि गराइ भ्रष्टाचार गरेको अभियोगमा उनिहरु बिरुद्ध मुद्दा दायर गरिएको बिज्ञप्तीमा जनाइएको छ ।
इलाका प्रसाशन कार्यालय गौरीगञ्जका तत्कालिन प्रमुख चुँडामणि आपागाइ तत्कालिन नयब सुब्बा रबिन कुमार राजवँशी तत्कालिन कम्प्युटर अपरेटर आकाश मगर र तत्कालिन कार्यालय सहयोगि जीवन कुमार दाहाल बिरुद्ध मुद्दा दर्ता भएको हो त्यस्तै जिल्ला प्रसाशन कार्यालय झापाका तत्कालिन प्रसाशकीय अधिकृत लक्ष्मी प्रसाद खरेल र केशब प्रसाद रिजाल तथा राहदानी बाहकहरु बिनोद कुँवर सिमान्त बिश्वकर्मा गोबिन्द प्रसाद ढुँगेल र बलराम महतो बिरुद्ध मुद्दा दर्ता गरिएको हो उनिहरु बिरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजाय मागदाबी गरेको छ ।

