भदौ १३ शनिबार
रबिन्द्र बराल
माेरङकाेे सुनवर्सि नगरपालिका ६ स्थित कैमी मा बसाेवास गर्दे आएका ३० बर्षका जितु हाँस्दा बिगत ४ महिना देखि प्यारलाईसिस ( लक्वा ) राेग बाट आेछ्यान बाट उठन समेत सकेका छैनन् । बिगत १० बर्ष देखि गाउँ घरमा ट्याक्टर चालक काे रुपमा काम गरेर आफ्नो ८ परिवार लाई पालनपोषण गर्दे आईरहेका जितु अहिले प्यारलाईसिस राेग बाट दुुुबै हातखुट्टा चल्न छाडे पछि उनी अहिले अाेछ्यानमै जीवन र मरण काे सङ्घारमा छट्पटी रहेका छन । उनका बुवा फागु हाँस्दा ले भने आफू संग भएको जग्गा समेत धितो पास गरेर १ लाख रुपैयाँ ऋिण लिएर छाेरा काे उपचार गरेता पनि उनको राेग भने निकाे भएको छैन । बैसाख २६ गते सामान्य काम गरेर घर फर्किएका जितु खाना खाने समय मा उनी एक्कासि लडेपछि उनलाई उपचारका लागि बिराटनगर स्थित नाेवेल अस्पताल उपचार गर्ने लगेको उनकाे बुवा फागु ले बताए । उनलेे भने नाेवेल अस्पतालमा एक रातमा आफुले ५० हजार रुपैयाँ खर्च गरेपछि २७ गते आफू संग पैसा नभए पछि छाेरा लाई घर ल्याउनु परेकाे फागु ले बताए । अहिले उनकाे घरमा बुवा, आमा र श्रि मति र ७ बर्षकाे छाेरी ,२ र ६ बर्षकाे छाेरा समते एकै घरमा बस्दै आईरहेका छन । उनकाे घरमा अहिले हातमुख जाेडन समेत निकै समस्या परेको छ । घरमा दुई छाक टार्न समते धाैध परिरहेको अबस्थामा अब कसरी श्रिमान काे उपचार गर्नु भन्दै उनकाे श्रीमती दुर्गा ले बिलाैना गरिरहेकि छन । केही दिन अगाडि घरमा खाधन्य समेत नहुदा स्थानीय ले दिएकाे चामल पकाएर सबै परिवारलाई खुवाएकाे समेत दुर्गा ले बताईन । दुर्गा ले भनिन आफू काम गर्ने जाउ भने दिन भरि श्रिमान काे स्यारसुसार गर्नु पर्छ बुबा आमा , बृद्ध हुनुहुन्छ छाेरा छाेरी स – सानै छन अब परिवारलाई पालनपोषण गर्नु कि काम गर्न जानू भन्दै बिलाैना गरिरहेकि छन ।
आर्थिक अभावका कारण ३२ वर्षिय जितु जीवन मरणको दोसाँधमा
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्