पुस ३ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ६ कि क्यान्सर पिडित २ वर्षिय बालिका आरोहि सुबेदीको उपचारका लागि सँकलन गरिएको रकम पिडित बालिकाको परीवारलाइ हस्तान्तरण गरिएको छ । शुक्रबार खजुरगाछी स्थित सहकारी मोडमा एक औपचारीक कार्यक्रम गरेर सँकलित रकम हस्तान्तरण गरिएको हो । खजुरगाछी- गौरीगञ्ज समाजसेवी युवा सँघका अध्यक्ष रोशन यादबको सभापतित्वमा स्थानिय ब्यावशायी सानुराजा श्रेष्ठ को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले पिडित बालिकाका बुवा सन्तोष सुवेदीलाइ रकम हस्तान्तरण गरेको हो ।
गौरीगञ्जका सकृय युवाहरुको समुह ‘खजुरगाछी-गौरीगञ्ज समाजसेवी युवासँघले पिडित बालिकाको उपचारका लागि सहयोग रकम सँकलन गर्न केहि दिन देखि गौरीगञ्ज क्षेत्रमा आरोही बचाउ अभियान नै चलाएको थियो ।
अभियानबाट जम्मा रु ५८ हजार २ सय ७० रुपैंया सँकलन भएको कुरा सँस्थाका अध्यक्ष रोशन यादबले बताएका छन् । अध्यक्ष यादवले अभियानमा सहयोग गर्नुहुने सबैलाइ धन्यबाद ज्ञापन गरेका छन् ।
बालिकाको हाल काठमाण्डौ स्थित एक अस्पतालमा उपचार भइरहेको र उनको उपचारका लागि करिब १५ लाख रुपैंया खर्च हुने कुरा अस्पतालले जनाएको छ ।