आमाहरुलाइ सम्मान गर्दै जेष्ठ नागरिक सँघले मनाए माता तिर्थ औशी

बैशाख ७ गौरीगञ्ज । जेष्ठ नागरिक सँघ गौरीगञ्जको वडा समिती वडा नँ ६ ले वडा ७० बर्ष उमेर कटेका आमाहरुलाइ सम्मान गरेको छ । आज माता तिर्थ औशीको अबसर पारेर सँघले वडा भरिका ३५ जना आमाहरुलाइ सम्मान गरेको हो ।


जेष्ठ नागरिक सँघ वडा नँ ६ का अध्यक्ष हरिभक्त सँग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष फुलबती राजवँशी जेष्ठ नागरिक सँघ गौरीगञ्जका अध्यक्ष भोला खतिवडा लगायतको उपस्थिती रहेको थियो । सम्मानित हुनुहुने आमाहरुलाइ खादा र अबिरले सम्मान गरिएको थियो । कार्यक्रम वडा नँ ६ स्थित राधाकृष्ण मन्दिरमा भएको थियो ।

अघिल्लो लेखमागुपचुपमै खुल्यो गौरीगञ्जको कित्ताकाट : छैन ३५ दिने सुचना
अर्को लेखमार्याली सहित ब्यक्तीगत घटना दर्ता सप्ताह मनाइयो