आन्दोलित शिक्षकहरुले कक्षा १२ को परीक्षा बहिस्कार गर्ने

पढ्न समय: 1 मिनेट
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":5},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

आन्दोलित शिक्षकहरुले कक्षा १२ को परीक्षा बहिस्कार गर्ने

वैशाख १, काठमाडौं । १२ दिन देखि आन्दोलन गरिरहेका नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ ।
महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन् ।‘कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरेका छौं,’ उनले भने ।
कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ भने यहि हप्ता देखि शैक्षिक सत्र समेत शुरु हुन गइरहेको छ । सरकारले भर्ना अभियान घोषणा गरेको छ । तर महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ‘स्कुल बन्द गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष सुवेदीले भने । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्