आठमौजा छोटी भन्सार मँसिर २२ पछी सञ्चालन हुने

पढ्न समय: 2 मिनेट

कार्तिक २० गौरीगञ्ज । जेनजी आन्दोलन पछी बन्द भएको गौरीगञ्जको छोटी भन्सार कार्यालय मँसिर २२ गते पछी सञ्चालनमा आउन सक्ने कुरा मेची भन्सार कार्यालयका भन्सार प्रमुख हरिरह पौडेलले बताएका छन् । झापा उद्योग बाणिज्य सँघ गौरीगञ्जले आयोजना गरेको सरोकारबालाहरु सँगको अन्तरकृयामा पौडेलले सो कुरा बताएका छन् ।

- Advertisement -
Ad image

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन देखि बन्द रहेको सो भन्सार कार्यालय खुलाउन माग गर्दै स्थानियहरुले गुनासो गर्न थालेपछी झापा उद्योग बाणिज्य सँघ गौरीगञ्जले आज बिहिबार अन्तरकृया आयोजना गरेको थियो ।

गौरीगञ्ज गाउँपालिकाको सभाहलमा आयोजित अन्तरकृयामा सरोकारबालाहरुले सो भन्सार कार्यालय यथाबत रुपमा सञ्चालनमा ल्याउनु पर्ने माग गरेका थिए । सरोकारबालाहरुको प्रश्नको जवाफ दिदै प्रमुख पौडेलले जेनजी आन्दोलन पछी जनशक्ती अभाब रहेको र गौरीगञ्जको क्वारेन्टाइनमा खाद्यान्न तथा बनस्पती बिज्ञ नभएकाले तत्काल सो भनसार सञ्चालन गर्न नसक्ने बताएका छन् । हाल सरकारले नयाँ भन्सार नियमावली प्रमाणित नगरेको र मँसिर २२ गते सो नियमावली प्रमाणिकरण भएपछी सो भन्सार सञ्चालन गर्न सकिने बताएका छन् । उनले गौरीगञ्ज स्थानिय सरकारले क्वारेन्टाइनमा खाद्यान्न र बनस्पतीको क्वारेन्टाइन प्रमाणपत्र दिने जनशक्ती ल्याउन पहल गर्ने हो भने तत्कालै पनि सो भन्सार कार्यालय सञ्चालन हुने समेत बताएका छन् ।

गाउँपालिका अध्यक्ष फुलबती राजवँशीको अध्यक्षतामा भएको अन्तरकृयामा मेची भन्सार कार्यालय का प्रमुख  हरिहर पौडेल गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवर पुर्व अध्यक्ष बाबुराजा श्रेष्ठ पुर्व उपाध्यक्ष दीपेन्द्र थापा उद्योग बाणिज्य सँघ गौरीगञ्जका अध्यक्ष रुपक श्रेष्ठ उद्योग बाणिज्य सँघ गौरीगञ्जका पुर्व अध्यक्ष मखना महतो लगायत ब्यावशायी र सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।   

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्