आज र भोली (कार्तिक २ र ३ गते) बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ।
आफ्ना बालबालिबालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।