२१ साउन, सुनसरी जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राती १२ बजेबाट साउन २६ गते सम्म जिल्ला भरि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिने क्रम बढेकाले निषेधित क्षेत्र घोषणा गरिएको हो । पोखरेलका अनुसार उक्त अवधिमा अत्यावश्यक, ढुवानी र निर्माण सामग्री बोकेका सवारी साधन बाहेक अन्य सवारीका साधन संचालन गर्न पाइने छैन् ।

सो अवधिमा सर्वसाधारणको आवतजावत समेत पूर्ण बन्द रहने प्रशासनले जनाएको छ । उनले सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्यावश्यक सेवाका कर्मचारीलाई भने सवारी साधन सहित कार्यालय समयमा आउजाउ गर्न रोक नहुने स्पष्ट पारेको छ ।
यस अघि सुनसरीको इटहरी धरान र ईटहरीको स्थानिय सरकारले आ-आफ्नो क्षेत्र लकडाउन गर्ने घोषणा गरेको थियो