२१ साउन, सुनसरी । कोरोना संक्रमण समुदाय स्तरमा फैलदै गएपछि धरान उपमहानगरपालिकाले नगर क्षेत्र ७ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।
आज बसेको कार्यपालिका बैठकले आज मध्यराती १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन लागु हुने निर्णय भएको वडा नं १३ का वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।
औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधनहरु बन्द गर्ने निर्णय भएको बताइएको छ ।
यस अघि सँक्रमण बढ्दै गएपछी सुनसरीको इटहरी र इनरुवामा पनि ५ दिनको लकडाउन घोषणा गरिएको छ ।‌