• माघ १४, २०७७
  • Madan Rajbanshi
  • 0

माघ १४, झापा । मेची अस्पताल भद्रपुरका चिकित्सक डा. मनिष सुवेदीले बुधबार कोरोनाविरुद्धको खोप लगाएर अभियानको सुरुवात गरेका छन् । कोभिड १९ बिरुद्धको खोप लगाउने अभियानको पहिलो दिन आज झापामा ५३५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

झापामा मेची अञ्चल, अनारमनी अस्पताल र दमक अस्पताल गरि तीन वटा स्वास्थ्य संस्थाबाट कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउन सुरु गरिएको हो।

बुधबार पहिलो दिन दमक अस्पतालमा ७३ जना महिला र ७२ जना पुरुष गरी १४५ जनाले कोरोना खोप लगाएका छन् । त्यसैगरी आज खोप लगाउनेमा मेची अस्पताल भद्रपुरमा ४१ जना महिला र ३५ जना पुरुष गरी ७६ जना रहेका छन् भने अनारमनी अस्पताल विर्तामोडमा २०३ जना महिला र १११ जना पुरुष गरी ३१४ जनाले कोरोनाविरुद्धको खोप लगाएको कुरा स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए।