आज देखि सप्तरीमा पनि निषेधाज्ञा जारी

पढ्न समय: 1 मिनेट

२० साउन, सप्तरी । कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछी सप्तरी जिल्लामा पनि आजदेखि निषेधाज्ञा जारी गरिएको छ।
आज मंगलबार बिहान ५ बजेदेखि लागुहुने गरी एक हप्ताको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको कुरा सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिएका छन् ।


यस अघि सप्तरीको राजविराज नगरपालिका भित्र मात्र निषेधाज्ञा जारि भए पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेकोले थप संक्रमण रोक्न जिल्ला भरी निषेधाज्ञा जारी गरिएको कुरा प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। सप्तरीमा हालसम्म ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
यसभन्दा पहिले राजविराज नगरपालिकामा मात्र निषेधाज्ञा जारी गरिएको थियो। मंगलबार विहानदेखि लागु हुने निषेधाज्ञा साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराजसहित जिल्लाभर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। यस निषेधाज्ञा अवधिमा नेपाल राजपत्रमा तोकिएको अतिआवश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द रहने जनाइएको छ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्