मदन राजवँशी
१७ साउन, झापा । गत साउन ५ गते कोरोना सँक्रमण पुष्टी भएका गौरीगञ्जका अन्तिम सँक्रमितले पनि आज कोरोना जितेर डिस्चार्ज भएपछी आजदेखि गौरीगञ्ज सँक्रमण मुक्त भएको छ । उनि गौरीगञ्ज वडा नँ ५ का ३७ वर्षिय पुरुष हुन् ।गत साउन ५ गते सँक्रमण पुष्टी भएपछी उनि मोरँगको गोठगाउँ स्थित आइसोलेसन सेन्टरमा उपचाररत थिए । ‘गौरीगञ्जमा देखा परेको अन्तिम केस पनि आज सँक्रमण मुक्त भइ डिस्चार्ज भएपछी आज देखि गेरीगञ्ज सँक्रमण मुक्त भयो ।’ – स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख राम चन्द्र मिश्रले खुशी हुदै भने ।
जेठ १८ गते पहिलो पटक गौरीगञ्जको क्वारेन्टाइन मा रहेका ४ जना पुरुषमा कोरोनासँक्रमण पुष्टी भएको थियो । त्यसयता जेठ २३ गते १ जना, २६ गते ७ जना, ३१ गते ३ जना, ३२ गते १ जना लाइ सँक्रमण पुष्टी भएको थियो । त्यसै गरि असार ६ गते १ जना, १७ गते १ जना, २२ गते १ जना, २९ गते ३ जना र साउन ५ गते १ जनामा सँक्रमण पुष्टी भएको थियो । यसरी साउन ५ गते सम्म आइपुग्दा गौरीगञ्जमा सँक्रमितको सँख्या २३ पुगेको थियो । साउन ५ गते यता गौरीगञ्जमस नयाँ सँक्रमित फेला परेको छैन ।
जेठ १८ गते पहिलो पटक गौरीगञ्जमा सँक्रमण पुष्टी भएका ४ मध्ये ३ जना जेठ २९ गते निको भएर घर फर्केका थिए भने १ जना असार १ गते निको भइ डिस चार्ज भएका थिए । त्यसै गरि असार ९ गते २ जना, असार ११ गते ८ जना, असार २० गते २ जना, असार २३ गते १ जना, असार २९ गते १ जना, साउन ८ गते १ जना र साउन १५ गते ३ जना निको भएर घर फर्किसकेका छन् । गौरीगञ्जमा सञ्चालित ४ वटा क्वारेन्टाइन मध्ये ३ वटा क्वारेन्टाइन पुर्ण रुपमा बन्द भइ सकेको छ । अहिले एउटा क्वारेन्टाइन मात्र सञ्चालनमा छ ।

यस अघि झापाको हल्दिबारी, कन्काइ र गौरादह कोरोना सँक्रमण मुक्त भइसकेका छन् ।