आज देखि इलाका प्रशासन कार्यालय गौरीगञ्ज आफ्नै भवनमा

पढ्न समय: 1 मिनेट

भदौ १८ गौरीगञ्ज । इलाका प्रसाशन कार्यालय गौरीगञ्ज आजदेखि आफ्नै नब निर्मित भवनमा सरेको छ । हुलाकी सडक देखि उत्तर छेउ किस्नी नहरको पश्चिमी डिलमा नब निर्मित आफ्नै भवनबाट इलाका प्रसाशन कार्यालयले आजदेखि सेवा शुरु गरेको हो ।
औपचारिक उद्घाटन नगरेपनि पुरानो भाडाको भवन भन्दा आफ्नै भवनबाट सेवा सहज हुने भएकाले कार्यालय सारिएको बुझिएको छ । कार्यालयका प्रमुख चुँडामणी आपागाइले पछी मिती तय गरेर औपचारिक उद्घाटन गरिने बताएका छन् । इलाका प्रसाशन गौरीगञ्जको नयाँ कार्यालय गौरीगञ्ज चोकबाट गौरीगञ्ज-दमक सडक हुदै पुरानो डोलमणी मिल देखि पुर्वजाने बाटो हुँदै पनि पुग्न सकिनेछ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्