
२९ जेठ झापा । आज झापामा ३ जना नयाँ सँक्रमित थपिएको कुरा स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । सँक्रमण पुष्टी हुने तिनै जना कचनकबल गाउँपालिका को रहेको कुरा जनस्वास्थ्य झापाका फोकल पर्सन जीवन चौलागाइँले बताएका छन् । वडा नँ १ का २ जना र वडा नँ ४ का १ जना रहेको र उनिहरु २०, २६ र २७ बर्षका रहेको कुरा चौलागाइँले बताएका छन् । उनिहरु भारतका बिभिन्न शहर बाट आएको र कचनकबलका बिभिन्न होल्डिङ् प्वाइनटमा राखिएको बुझिएको छ । त्यसै गरी आज झापाका ३० जनाले कोरोना जितेर घर फर्केका छन् । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत कचनकबलका २६ जना गौरीगञ्जका ३ जना र भद्रपुरका १ जना आज डिस्चार्ज भएका हुन । उनिहरु १८ गते अस्पताल भर्ना भएका थिए ।
यो सँगै झापामा कुल सँक्रमितको सँख्या १५२ पुगेको छ भने सँक्रमणमुक्त हुनेको सँख्या १०० पुगेको छ ।