• साउन २१, २०७७
  • Madan Rajbanshi
  • 0

२१ साउन, झापा । भद्रपुरको मेची अस्पतालमा आजदेखि कोरोना भाइरसको परीक्षण हुने भएको छ ।
आज बुधबारदेखि नियमित पिसिआर परीक्षण गर्ने सोमबार देखि नै नमूना परीक्षण गर्न थालिएको थियो । दुई दिन नमूना परीक्षण गरेपछि आजदेखि नियमित परीक्षण शुरु गर्ने भएको हो । मेची अस्पतालमा पिसिआर ल्याब संचालनको जिम्मेवारी जिल्ला समन्वय समितिका संयोजक पोर्तेललाई मिलेको छ । उनले मेशिन जडान, कर्मचारीलगायतका व्यवस्थापकीय काम केही दिनअघि नै तयारी गरिसकेको जानकारी दिए ।
उता कनकाई नगरपालिकाको कोटिहोममा पिसिआर ल्याब संचालन हुन अझै केही दिन लाग्ने भएको छ । सो ल्याब पनि मेची प्रादेशीक अस्पतालले नै सञ्चालन गर्ने भएको छ ।
एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कनकाई–४ कोटीहोममा स्थापित कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याव मेची प्रादेशिक अस्पताल भद्रपुरले सञ्चालन गर्ने निर्णय गरेको छ ।

हिजो मंगलबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति र अभियानकर्मीबीच भएको बैठकबाट उक्त निर्णय भएको हो । अभियानले उक्त ल्याव अस्पताललाई हस्तान्तरण गर्ने र सो ल्याव अस्पतालले सञ्चालन गर्ने अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए । ल्याव सञ्चालनका लागि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वीकृति लगायतका प्रक्रिया अघि बढाउने समेत निर्णय भएको छ ।