आजदेखि गौरीगञ्ज दर्पण डटकम सफलताको पाचौँ बर्षमा प्रवेश

पढ्न समय: 1 मिनेट

असार ६, गौरीगञज । पश्चिम झापाकै सबैभन्दा लोकप्रिय अनलाईन समाचार पत्रिकाका रुपमा स्थापित हुँदै गएको गौरीगञ्ज दर्पण डटकम आजदेखि आफ्नो सफलताको पाचौँ बर्षमा प्रवेश गरेको छ ।

- Advertisement -
Ad image

२०७५ साल असार ६ गते देखि फेसबुक पेज को रुपमा शुरु भएको गौरीगञ्ज दर्पण ले स्थापनाको एक बर्ष पछी नै गौरीगञ्ज दर्पण डटकम अनलाइन का रुपमा डोमेन खरिद गरि सुचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सुचना तथा प्रसारण बिभाग बाट अनलाइन पत्रकारिताको लागि अनुमति पाएको थियो ।

स्थापना कालदेखि नै निश्पक्ष र पारदर्शी पत्रकारिताको अभ्यास गर्दै आएको गौरीगञ्ज दर्पण डटकमले स्थानीय तहहरुमा बलियो प्रतिपक्षी को भुमिका निर्वाह गर्दै आएको छ ।

हाल सम्म बिशेष गरी गौरीगञ्ज, गौरादह र रँगेली क्षेत्रमा केन्द्रित रहेर पत्रकारिता गर्दै आएको यो अनलाइन ले पाचौँ बर्षमा प्रवेश गरेको अवसरमा यो बर्ष देखि आफ्नो क्षेत्र बिस्तार गर्ने कुरा पत्रिका का प्रधान सम्पादक मदन राजवंशी मनप्रीत ले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्