१३ भदौ गौरीगञ्ज । गत भदौ ४ गते देखि जारी गरिएको गौरीगञ्ज १ कुञ्जिबारी महाभारा क्षेत्रको लकडाउन आजदेखि हटाइएको छ । हिजो शुक्रबार वडाध्यक्ष कार्तिकलाल राजवँशीको अध्यक्षतामा वडा नँ १ को कार्यालयमा बसेको सरोकारवाला हरुसँगको बैठकले लकडाउन हटाउने निर्णय गरेको हो । लकडाउन हटाइएपनि सो क्षेत्रको बजार पसल बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म मात्र खुल्न दिने, साप्ताहिक हाट बजारहरु बन्द नै राख्ने, सीमा नाकाहरु बन्द नै राख्ने निर्णय गरिएको छ ।
गत भदौ ७ गते सो क्षेत्रबाट ६२ जनाको स्वाब सँकलन गरि पिसिआर परीक्षण का लागि पठाइएको मा गत ११ गते सबैको रिपोर्ट नेगेटिभ आएकाले लकडाउन खुकुलो बनाइएको कुरा वडाध्यक्ष राजबँशीले बताएका छन् ।


प्रतिक्रिया लेख्नुहोस्