२५ साउन झापा । प्रदेश नँ १ मा आइतबार ४० नयाँ सँक्रमित थपिएका छन् । जसमध्ये २७ पुरूष र १३ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आइतबार विराटनगरमा थप १९ पुरुष र १० महिलामा गरि २९ जनामा संक्रमण देखिएको छ । झापाको अर्जुनधारामा २ जना तथा बाह्रदशी र दमकमा १–१ जनालाई संक्रमण देखिएको छ ।
त्यसै गरि सुनसरीको धरानमा ३ जना इटहरीमा २ जना र बर्जुमा १ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ एक हजार ४३२ पुगेको छ । संक्रमितमध्ये ५ जनाको मृत्यु भईसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्