• बैशाख ५, २०७८
  • Madan Rajbanshi
  • 0

बैशाख ५ गौरीगञ्ज । गत बिहिबार राति परेको असिना पानी र शुक्रबार राति आएको हावाहुरीले गौरादहको जुरोपानी क्षेत्र र गौरीगञ्जको कोरोवारी क्षेत्रमा लाखौँको क्षति पुर्याएको छ ।
गत बिहिबार परेको असिना पानीले जुरोपानी क्षेत्रमा किसानहरुले लगाएका मकै, धान र फलफुल बाली सखाप पारेको छ भने केहि स्थानिय हरुको घरको छानो समेत प्वाल पारेको खबर छ । सञ्चारकर्मी झगेन्द्र खड्का ले दिएको जानकारी अनुसार स्थानीय नगेन्द्र न्यौपाने को ७ कट्ठा मकै, टेकराज दाहाल को १० कट्ठा मकै, एकनाथ सुबेदीको ८ कट्ठा मकै, भुमीराज पोख्रेल को १० कट्ठा मकै लगायत स्थानीय हरुले लगाएका धान बाली तरकारी तथा फलफुल हरु पुर्ण रुपमा नष्ट भएको छ । स्थानिय बिमला भण्डारी, टेकराज दाहाल लगायतको घर तथा ग्वालीका छानामा प्वाल परेको छ ।
वडा नँ ८ का वडाध्यक्ष भुमिराज पोख्रेल का अनुसार दर्जनौ स्थानिय हरुको घर को छानो प्वाल परेको र बालीनाली नष्ट भएको छ । क्षति को विवरण पुर्ण रुपमा सँकलन भइसकेको छैन । ‘हामीले क्षति को विवरण सँकलनका लागि ६ गतेसम्म को मिति तोकेका छौ । विवरण हरु सँकलन भइरहेका छन् ‘ – उनले भने ।‌
त्यसैगरी शुक्रबार राति आएको हावा हुरी ले गौरीगञ्ज १ कारोवारी क्षेत्रमा दर्जनौको घरको छानो उडाएको छ । वडा नँ १ का वडाध्यक्ष अघनु प्रसाद राजवंशी का अनुसार स्थानीय चैनीदेवी ताजपुरिको घरमाआपको रुख ढल्दा एउटा घर पुर्ण रुपमा नष्ट भएको छ । त्यसैगरी गणेश प्रसाद हजाम, पाण्डव ताजपुरिया, हरदेब राजवँशी, डोमनलाल हजाम, कलुवा रजक, सरिया राजवँशी, पलानु ताजपुरिया लगायतको घरको छानो उडाएको छ ।
त्यसैगरी गौरीगञ्ज वडा नँ ६ मा समेत असिना पानी र हावा हुरी ले क्षति पुगेको बुझिएको छ । उक्त क्षेत्रको क्षति विवरण भने प्राप्त भएको छैन ।