• मंसिर २१, २०८०
  • Madan Rajbanshi
  • 0

मँसिर २१ झापा । अर्जुनधारा नगरपालिका वडा नँ ६ का नागरिकहरूले अब निःशुल्क रगत पाउने भएका छन् । वडा नं.६ र नेपाल रेडक्रस सोसाइटी झापा शाखाबीच निःशुल्क रक्त आपूर्तिका लागि बिहीबार सम्झौता भएको हो । वडा कार्यालयका तर्फबाट वडाध्यक्ष हरिश्चन्द्र बास्तोला र रेडक्रसका तर्फबाट रेडक्रस सोसाइटीका कोषाध्यक्ष ओमप्रकाश गौतमले संझौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अर्जुनधारा नगरपालिका वडा नं.६ भित्रका विपन्न, आर्थिक अवस्था कमजोर भएका, रगतको खर्च व्यहोर्न नसक्ने बासिन्दाहरूका लागि आकस्मिक अवस्थामा नगरभित्रको बासिन्दा भएको प्रमाणको प्रतिलिपि जस्तै पेस गरेको आधारमा रक्त सञ्चार सेवा बिर्तामोडमार्फत बिरामीलाई निःशुल्क रगत आपूर्ति गर्ने सहमति भएको जनाइएको छ ।
रगत आपूर्ति गरेबापत वडा कार्यालयले रेडक्रस सोसाइटीलाई बार्षिक एक लाख रुपैयाँ बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ ।