भदौ ४ गौरीगञ्ज । अमेरिकी सामाजिक सँस्थाले सोमबार गौरीगञ्जका बिभिन्न स्थानमा पुगेर बिभिन्न सामग्रीहरु बितरण गरेको छ । अमेरिकाको टेरी मिकेस्का फाउण्डेशन नामक सँस्थाले गौरीगञ्ज वडा नँ २ का ५३ बिपन्नन परिवारलाइ एक सय ५ वटा मच्छेड झुल बितरण गरेको छ भने वडा नँ ४ का दुइ आधारभुत बिद्यालयहरुका बालबालिकाहरुलाइ चप्पल र ब्याग सहित स्टेशनरी सामानहरु बितरण गरेको छ ।
फाउण्डेशनले वडा नँ ४ स्थित राष्ट्रिय प्राबि बाह्रसुदीका सबै बिद्यार्थीहरु र वडा नँ ४ कै भवानी प्राबिका सबै बिद्यार्थीहरुलाइ चप्पल ब्याग र स्टेशनरी सामान बितरण गरेको हो ।
बिराट सामुदायिक अध्ययन केन्द्र तथा गौरीगञ्ज गाउँपालिकाको समन्वयमा अमेरिकी सँस्था टेरी मिकेस्का फाउण्डेशनले सो सामग्री बितरण गरेका हुन् । फाउण्डेशनका सँस्थापक टेरी मिकेस्का र गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर लगायत सँवन्धित वडाका जनप्रतिनिधि तथा सँबन्धित बिद्यालयका शिक्षक प्रतिनिधिहरुको उपस्थितीमा सामग्री बितरण गरिएको हो ।