फागुन २६ गौरीगञ्ज । फागुन ११ गते देखि शुरु भएको हातीपाइले रँग बिरुद्धको औषधी खुवाउने अभियान अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिकामा ८७ प्रतिशत जनताले सो रोग बिरुद्धको औषधी सेवन गरेको कुरा गौरीगञ्ज गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाले दिएको तथ्याङ्क अनुसार लक्ष्य सँख्या ३७ हजार २ सय ४४ जना मध्ये गाउँपालिका भरी ३२ हजार ४ सर ५ जनाले हातीपाइले रोग बिरुद्धको औषधी खाएको हो ।

श्रोत – स्वास्थ्य शाखा

फागुन ११ गतेदेखि २५ गते सम्म चलेको अभियानमा वडा नँ १ मा ८९ प्रतिशतले , वडा नँ २ मा ७६ प्रतिशतले, वडा नँ ३ मा ९३ प्रतिशतले, वडा नँ ४ मा ८४ प्रतिशतले, वडा नँ ५ मा ९४ प्रतिशतले र वडा नँ ६ मा ८५ प्रतिशतले सो रोग बिरुद्धको औषधी सेवन गरेका छन् । प्रतिशतको हिसाबले हेर्ने हो भने वडा नँ ५ मा सबै भन्दा बढि ९४ प्रतिशत वडाबासीले सो औषधी सेवन गरेको देखिन्५ भने वडा नँ २ मा सबै भन्दा कम ७६ प्रतिशत वडाबासीले मात्र यो औषधी सेवन गरेको देखिन्छ । सँख्याको हिसाबले वडा नँ ३ मा सबै भन्दा धेरै ७ हजार १ सय ७४ जनाले यो औषधि सेवन गरेको देखिन्छ भने वडा नँ ५ मा सबै भन्दा थोरै ३ हजार ९ सय २३ जनाले यो औषधी सेवन गरेको देखिन्छ ।

गाउँपालिका बाट हातीपाइले रोग निर्मुल पार्ने उद्देश्यका साथ फागुन ११ देखि २५ गते सम्म हातीपाइले रोग बिरुद्धको औषधी स्वास्थ्यकर्मीहरुले घरघर गएर खुवाउने अभियान चलाइएको थियो । स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रका अनुसार घर घर गएर औषधी खुवाउने अभियान सकिएपनि औषधी खान छुटेका गाउँबासीहरुले पालिका भित्रका कुनैपनि नजिकैको स्वास्थ्य केन्द्रमा गएर फागुन महिना भरि सो रोग बिरुद्धको औषधी खान सक्ने कुरा बताएका छन् । उनले यस अभियानमा सहयोग गर्नुहुने जनप्रतिनिधिहरु स्वास्थ्यकर्मीहरु स्वास्थ्य स्वयँसेविकाहरु तथा आम गौरीगञ्जबासीहरुलाइ धन्यबाद समेत दिएका छन् ।

चैत्र १ गतेदेखि गाउँपालिका वा मातहतका कुनै पनि वडा कार्यालयहरुबाट कुनै सिफारिस वा अन्य सेवा सुबिधा लिन हातीपाइले रोग बिरुद्धको औषधी खाएको प्रमाणपत्र अनिवार्य रुपमा देखाउनुपर्ने भएकाले यो औषधी खान छुट्नु भएका आम गाउँबासीहरुलाइ नजिकैको स्वास्थ्य केन्द्रहरुमा गएर हातीपाइले रोग बिरुद्धको औषधी खान गषौरीगञ्ज गाउँपालिकाको अध्यक्ष फुलबती राजवँशी र उपाध्यक्ष पुजन न्यौपाने कँवरले अनुरोध गरेका छन् ।