• साउन २०, २०७७
  • Madan Rajbanshi
  • 0

झापा, साउन २० । सोमबारदेखि झापामा कोरोना भाइरस संक्रमितको उपचार सुरु भएको छ ।
प्रदेश १ सरकारको समन्वयमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार सुरु भएको डा. गोबिन्द कडेलले जानकारी दिए । मेचीमा २५ शैय्याको आइसोलेशन निर्माण गरिएको छ । संक्रमितको उपचारका लागि प्रदेश सरकारले मेची प्रादेशिक अस्पताललाई दुई वटा भेन्टिलेटर उपलब्ध गराएको छ । हिजो सोमबार पाँचजनालाई आइसोलेसनमा राखेर संक्रमितहरुको उपचार सुरु गरिएको स्वास्थ्य डा. कडेलले जानकारी दिए ।उनका अनुसार सोमबार संक्रमण पुष्टि भएका अर्जुनधारा नगरपालिकाका चार जना पुरुष र बिर्तामोड नगरपालिकाका एक —एक जना महिला सो अस्पतालको आइसोलेशनमा भर्ना भएका छन् ।
प्रदेश १ सरकारको निर्देशनअनुसार अस्पताल विकास समितिको बसेको बैठकले कोरोना संक्रमितहरुलाई सो अस्पतालमा राख्ने निर्णय भएको डा. कडेलले जानकारी दिए । यस अघि जिल्लामा संक्रमण पुष्टि भएकालाई उपचारका लागि मोरङको गोठगाउँ, बिराटनगर र धरान पठाउने गरिएको थियो ।