२० साउन गौरीगञ्ज । गौरीगञ्जको वडा नँ ३ र ६ को साप्ताहिक हाट बजार यथावत दिनमा लाग्ने भएको छ । लकडाउन हुनु पुर्व सो वडाहरुमा लाग्ने बुधबारे र शनिबारे हटिया पुर्व निर्धारित दिन बुधबार र शनिबार नै लाग्ने भएको हो ।
आज बसेको झापा उद्योग बाणिज्य सँघ गौरीगञ्ज शाखाको बैठकले सो निर्णय गरेको हो । बुधवार र शनिबार हाट लागेपनि सामाजिक दुरि कायम राख्नु पर्ने र ब्यापारी तथा उपभोक्ता दुबैले अनिवार्य मास्क लगाउनु पर्ने समेत निर्णय गरिएको कुरा उद्योग वाणिज्य सँघ गेरीगञ्जका अध्यक्ष मखना महतोले जनाएका छन् । मास्क नलगाए जिल्ला प्रसासन कार्यालयको नियम अनुसार १०० रुपैया जरिवाना तिर्नु पर्ने समेत उनले बताए ।
दैनिक सब्जि गुद्री बजार भने हरेक दिन दिउसो ३ बजेदेखि लाग्ने निर्णय भएको जनाइएको छ ।
लकडाउन भए यता गौरीगञ्जमा आइतबार मँगलबार र शुक्रबार बिहानको समयमा हाट बजार लाग्दै आएको थियो ।