अन्र्तराष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

विराटनगर, २१ फागुन । १११ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ ।

कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिए । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले कोभिड अस्पताल, ल्यावमा कार्यरत कर्मचारीहरुलाई सम्मानित गरिने बताए ।

सामाजिक विकास मन्त्रालय र सामाजिक संघ÷संस्थाहरुको आयोजनामा दिवस मनाईने उनले बताए । उनका अनुसार फागुन २४ गते विहान जिल्ला प्रशासन प्राङ्गणबाट विहान ७ वजे शुरु हुने र्याली आदर्श माविमा आएर कार्यक्रममा परिणत हुने छ । साँझ विराटनगर ट्राफिक चौकमा दिपप्रज्वलन गरि कार्यक्रम समापन गरिने सामाजिक विकास महाशाखा प्रमुख बरालले बताएकाछन् ।

१११ औं अन्र्तराष्ट्रिय महिला दिवस महिलाको सुरक्षा, सम्मान रोजगार ःसमृद्ध नेपालको आधार भन्ने नाराका साथ ८ मार्च अर्थात फागुन २४ गते मनाईदैछ ।

अघिल्लो लेखमाईटहरीका सामुदायिक विद्यालयहरुमा लैङ्गिक सम्पर्क ब्यक्तिको ब्यवस्था
अर्को लेखमागौरीगञ्ज गाउँपालिकाका शाखा अधिकृत चँदारा ईलाममा अभिनन्दित