भारतमा चुनावअघिको मौन अवधिलाई ‘कत्ल की रात’ भन्ने गरिन्छ । भारत सँग सीमा जोडिएको नेपाल मा पनि मौन अवधि को समयलाई महत्त्वका साथ हेरिन्छ । त्यसमा पनि मौन अवधि को अन्तिम रात अर्थात् चुनावको अघिल्लो रात ले अर्थपुर्ण रुपमा मतदाता को नैतिकता को हत्या गरि नतिजा उल्ट्याउन सामर्थ्य राख्छ । कत्ल अर्थात हत्या । चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवार जतिसुकै बलियो देखिए पनि कत्ल की रातले नतिजा उल्ट्याउन सक्छ ।

कत्लकी रातमा उम्मेदवार हरुले ति निम्न बर्गिय गाउँलाई टार्गेट गर्छन् जसलाई भोट बैँकको रुपमा मात्र प्रयोग गर्न सकिन्छ भन्ने उनिहरुले बुझेका हुन्छन् । अशिक्षा, गरिबि बेरोजगारी र अभाब ग्रस्त गाउँमा उनिहरुले पैसा, सरसामान, रक्सी मासु अर्थात् जे ले भोट किन्न सकिन्छ त्यहि प्रयोग गर्छन् । चुनाव को अघिल्लो रात साम दाम दण्ड भेद प्रयोग गरि ति गाउँहरु लाई जसले कब्जामा लिन सक्छ चुनाव को नतिजा उसै तिर उल्टिन्छ ।