मँसिर २८ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाद्वारा आयोजित अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगितामा बालकल्याण माबि र देबकोटा माबि प्रथम भएका छन् ।


माध्यमिक तहको प्रतियोगितामा बालकल्याण माबि कुञ्जिबारीले प्रथम स्थान हासिल गरेका छन् भने ज्ञानकुञ्ज एकाडेमी गौरीगञ्ज दोश्रो र खजुरगाछी माबि खजुरगाछी तेश्रो भएका छन् ।


त्यसैगरी आधारभुत तह बीचको प्रतियोगितामा देवकोटा माबिले प्रथम स्थान हासिल गरेका छन् भने गौरीगञ्ज माबिले दोश्रो र न्यु युनिभर्सल एकाडेमीले तेश्रो स्थान हासिल गरेका छन् । बालकल्याण माबिले सान्त्वना पुरस्कार हात पारेको छ ।
मँसिर २७ र २८ गते आयोजना भएको प्रतियोगितामा बिद्यालय पाठ्यक्रममा आधारित प्रश्नहरु सोधिएको थियो । हिजो २७ गते खजुरगाछी माबिमा माध्यमिक तह बीच प्रतिस्पर्धा भएको थियो भने सो प्रतिस्पर्धामा गौरीगञ्ज पालिका भित्र सञ्चालित सामुदायिक र सँस्थागत गरि ११ वटा बिद्यालयहरुले भाग लिएका थिए । त्यसैगरी आज २८ गते रामजानकी आधारभुत बिद्यालयमा आधारभुत तहका बिद्यार्थीहरु बीच प्रतिस्पर्धा भएको थियो । आधारभुत तहको प्रतियोगितामा गौरीगञ्ज पालिका भित्र सञ्चालित सामुदायिक र सँस्थागत गरि १५ वटा बिद्यालयहरुले भाग लिएका थिए ।