सुनसरीका अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता इटहरी उपमहानगरपालिकाले जीतेको छ । इटहरी उपमहानगर र दुहवी नगरपालिका विच भएको फाइनल खेलमा ३ १ सेटको अन्तरले इटहरी उपमहानगर विजयी भएको हो ।रामधुनी युवा क्लवले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता थियो । विजेता इटहरी उपमहानगरको टिमले नगद २५ हजार सहित ट्रफि र मेडल प्राप्त गरेको छ । उपविजेता दुहवी नगरपालिकाको टिमले १५ हजार नगद सहित ट्रफि र मेडल प्राप्त गरेको छ ।