• असार १६, २०७९
  • Madan Rajbanshi
  • 0

असार १६, गौरादह । गौरादह कृषि क्याम्पसको प्रयोगशाला र क्याम्पस प्रमुखको कोठमा अनेरास्ववियुले अनिश्चितकालिका लागि तालावन्दी गरेको छ । गौरादह नगरपालिकाको अनुदान प्राप्त माटो परीक्षण कार्यक्रम बारे जानकारी नदिइएको भन्दै अनेरास्ववियुका विधार्थीले तालावन्दी गरेका हुन् ।

अनेरास्ववियुले विहीवार क्याम्पसको प्रयोगशाला र प्रमुखको कोठामा तालावन्दी गरेको हो । अनेरास्ववियुले क्याम्पस प्रशासनबाट अपारदर्शी काम भएको भन्दै तालावन्दी गरिएको जनाएको छ ।

‘यस गौरादह कृषि क्याम्पसमा नगरपालिकाको तर्फबाट आएको माटो परीक्षणको कार्यक्रमको जानकारी यस क्याम्पसले आधिकारिक रुपमा प्रकाशन नगरेको र यस कार्यको लागि विद्यार्थीको छनौट कुनै सूचना विना शिक्षकको एकल मनोमानीको ढंगबाट गरिएको छ’ विज्ञप्तिमा भनिएको छ । सो कार्यप्रति भत्सर्ना गर्दै अनेरास्ववियुले पारदर्शिताको माग पुरा नभइञ्जेलका लागि तालावन्दी गरिएको जनाएको छ ।