अनेम सँघको तिज बिशेष कार्यक्रम सम्पन्न

पढ्न समय: 1 मिनेट

भदौ १४ गौरीगञ्ज अखिल नेपाल महिला सँघ गाउँ कमिटी गौरीगञ्जले आयोजना गरेको तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । गौरीगञ्ज वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी र वडा नँ ४ का वडाध्यक्ष फेका गिरीले ब्यक्तीगत रुपमा प्रायोजन गरेको सो तिज बिशेष कार्यक्रम वडा नँ ४ को नयाँ हाटमा आयोजना गरिएको थियो ।

- Advertisement -
Ad image

अनेम सँघ केन्द्रिय सचिवालय सदस्य लिला कट्टेलको प्रमुख आतिथ्यता तथा एमाले नेताहरु दिपक कार्की बिद्यानन्द राजवँशी लगायतको उपस्थितीमा भएको कार्यक्रममा गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवर वडाध्यक्ष हरु श्रवण गिरी फेका गिरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा गौरीगञ्जका ६ वटै वडाका महिलाहरुले नाचगान गर्नुका साथै महिलाहरुलाइ सँयुक्त रुपमा दर समेत खुवायएको थियो ।
कार्यक्रममा पुरनबती राजवँशीले अतिथीहरुको स्वागत गरेकी थिइन भने मनिता सुवेदीले कार्यक्रमको सहजीकरण गरेकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्