असोज २३, गौरीगञ्ज । जनता चोकमा बनेको नव निर्मित लक्ष्मी सरस्वती मन्दिर को आइतबार उदघाटन गरिएको छ । गरीगञ्ज गाउँपालिका की अध्यक्ष फुलबत्ती राजवंशी ले बिहान एक कार्यक्रम का बीच सो मन्दिरको उद्घाटन गरेकी हुन् । गाँउपालिकाको करिब २७ लाखको बजेटबाट सो मन्दिर निर्माण भएको कुरा अध्यक्ष राजबँशीले बताएका छन् । अघिल्लो स्थानीय सरकार ले २७ लाख खर्चेर सो मन्दिर बनाएको र अहिलेको वर्तमान सरकारले सो मन्दिरको आधा अधुरो काम हरु पुरा गर्ने बचन बद्धता समेत उनले गरेकी छन् ।

२०२० साल तिरै स्थानीय समाजसेवी बेगम लाल सिँह ले सो मन्दिर स्थापना गरेकोमा पाचँ दसक पछी बल्ल सो मन्दिर ले साकार रुप पाएको कुरा स्थानीय श्याम नारायण सिंह ले बताए । ७२ सालमा जिबिस झापाको सहयोग मा आफुले चार वटा पिलर गाडेर सो मन्दिरको शिलान्यास गरेको स्मरण गर्दै उनले मन्दिर बनाउन सहयोग गरेकोमा वडा कार्यालय र गाउँपालिका लाई धन्यवाद समेत दिएका छन् । सो मन्दिर बनाउन स्थानीय राजेन्द्र प्रसाद सिंह र देवकी देवी सिँहले ९ धुर जग्गा दान दिएका थिए ।

कार्यक्रम मा बोल्दै वडा नँ ५ का वडाध्यक्ष विजय सिंह गन्गाई ले जग्गादाता हरुलाई धन्यवाद दिएका छन् । देवकी देवी सिंह को अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष फुलबती राजवँशी लगायत वडाध्यक्ष हरु श्रवण गिरी,फेका प्रसाद गिरी, विजय सिंह गन्गाई, बद्री नारायण यादव, गाउँपालिकाका पुर्व उपाध्यक्ष दिपेन्द्र थापा, बिओपी खजुरगाछी का प्रमुख केदार जँग थापा लगायतको उपस्थिति रहेको थियो ।
जनता चोकमा भोलि सोमबार र मँगलबार भब्य मेला लाग्ने छ ।